रौतहटका क्वारेन्टाइनमा बस्नेको संख्यामा वृद्धि



अमृत सापकोटा / रौतहट : नेपाल–भारतको सीमा नाकामा अलपत्र परेका नागरिकलाई रौतहटको स्थानिय तहले उद्धार गरि क्वारेन्टिनमा राख्न थालेपछि रौतहटका क्वारेन्टाइनमा बस्नेको संख्यामा ह्वात्तै बढेको छ । जिल्लाको विभिन्न २६ स्थानमा रहेको क्वारेन्टाइनमा बस्नेको संख्या करिब तीन हजारको पुगेको हो ।

रौतहटको मौलापुर नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा २८ जना, गुजरा नगरपालिकामा ५६ जना, चन्द्रपुर नगरपालिकामा ७३ जना, वृन्दावन र गढीमाई नगरपालिकामा गरी १२५ जना, माधव नारायण नगरपालिकामा ४८ जना, गौर नगरपालिकामा १०४ जना, राजदेवी नगरपालिकामा ६२ जना, परोहा नगरपालिकामा १५० जना, ईशनाथ नगरपालिकामा ७०० जना, राजपुर नगरपालिकामा ६८१ जना, देवाही गोनाही नगरपालिकामा २७१ जना, बौधीमाई नगरपालिकामा ५८ जना, कटहरिया नगरपालिकामा १०२ जना, फतुवा विजयपुर नगरपालिकामा १० जना, गरुडा नगरपालिकामा ५३ जना तथा यमुनामाई गाउँपालिकामा ६४ र दुर्गा भगवती गाउँपालिकामा ३३ जना रहेका छन् ।

जिल्लाको देवाही गोनाही नगरपालिकाको धरहरीमा रहेको जय किसान पोलिटेक्निकल इन्टिच्युट क्वारेन्टाइनमा ९ जना पाकिस्तानी समेत रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । क्वारेन्टाइनमा बढ्दो चापलाई विचार गर्दै ५०० बेडको आइसोलेसन निर्माणको गृहकार्य भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । जिल्लामा हाल ४० बेडको आइसोलेसन बेड रहेको छ । आइसोलेसनमा एक महिला सहित १८ जना रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्