काठमाडौंमा भेटिएका तीन संक्रमितमध्ये एक जना किराना पसले



काठमाडौं: काठमाडौंको टोखा नगरपालिकामा एक जना किराना पसलेलाई कोरोना भाइरसको संक्रमण भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (सोमबार) थपिएका ७२ जना संक्रमितमध्ये दुई जना टोखाका रहेका छन् ।

टोखा नगरपालिका ३ र ६ का २७ वर्षीय पुरुष र ४१ वर्षीय पुरुषमा संक्रमणको पुष्टि भएको हो ।

मेयर प्रकाश अधिकारीले भने,‘एक जना किराना पसले भएको खबर आएको छ, दुबैलाई अस्पताल पठाउने तयारी भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्