आपतकाल हटाउने तयारीमा टोकियो



काठमाडौंः जापानले कोरोना भाइरस (कोभिड-१९) का कारण टोकियोमा लगाइएको आपतकाल हटाउने तयारीमा रहेको छ ।

तर त्यहाँका चार राज्यमा आपतकाल जारी रहने छ । आज (सोमबार) साँझ प्रधानमन्त्री सिन्जो आबेले टोकियोमा आपतकाल हटाउने घोषणा गर्न सक्ने बताइएको छ ।

सरकारका परामर्शदाताले दिएको सुझावपछि यस्तो कदम चाल्न लागिएको हो । आपतकाल हटेसँगै टोकियोका पुस्तकालय र संग्रहालय खुल्ने भएका छन् ।

रेस्टुरेन्टहरूले पनि सञ्चालन अनुमति पाउने छन् । तर थिएटर, सिनेमा र अन्य क्षेत्रहरू भने खुल्ने छैनन् । अर्को चरणमा यसबारे निर्णय हुने बताइएको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार, अहिलेसम्म जापानमा कोरोना भाइरसका कारण १६ हजार ५ सय ५० संक्रमित फेला परेका छन् । ८ सय २० जनाको मृत्यु भइसकेको छ । पछिल्लो समय भने जापानमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य कमी आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्