सबै विशेषज्ञ चिकित्सक ज्यामरुककोटमा 



म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डेमा फागुन ११ गते विशेषज्ञ सेवासहितको बृहत् स्वास्थ्य शिविर आयोजना गरिने भएको छ ।

म्याग्दी–पोखरा चौतारीको आयोजना, ज्यामरुककोट समाज नेपाल र बेनपा वडा नं २ को सहआयोजनामा हुन लागेको उक्त शिविरमा पोखराका ख्यातिप्राप्त विशेषज्ञ चिकित्सकहरूद्वारा सेवा प्रदान गरिने बृहत् स्वास्थ्य शिविर आयोजक समितिका संयोजक एवम् म्याग्दी–पोखरा चौतारीका उपाध्यक्ष गोपाल घिमिरेले जानकारी दिए ।

स्वास्थ्य शिविर संयोजक घिमिरेका अनुसार शिविरमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. भरत खत्री, स्त्रीरोग विशेषज्ञ डा. थममाया पुन, नाक, कान, घाँटी रोगका विशेषज्ञ डा. कृष्णचन्द्र रिजाल एवम् कन्सल्टेन्ट फिजिसियन चिकित्सकद्वारा सेवा प्रदान गरिनेछ ।

पहिलोपटक आफ्नै घरदैलोमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्यसेवा प्रदान गर्न लागिएकाले शिविरबाट लाभ लिन ज्यामरुककोट क्षेत्रका बासिन्दालाई आयोजकले आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्