महाकालीको झोलुङ्गे पुलको ताला खुल्यो



कैलालीः स्थानीय र भीमदत्त नगरपालिकाबीच सहमति भएपछि कञ्चनपुरको दोधारा चाँदनी जोड्ने महाकाली नदी माथिको झोलुङ्गे पुलको ताला खोलिएको छ ।

पुल र पुल वरिपरिको क्षेत्रमा स्यानिटाइज गर्ने विषयमा स्थानीय बासिन्दा र भीमदत्त नगरपालिका बीच सहमति भएपछि झोलुङ्गे पुलको ताला खोलिएको हो ।

सहमति अनुसार पुल लगायत आसपासको क्षेत्रमा दैनिक विहान स्यानिटाइज गरिने वडाध्यक्ष लालबहादुर शाहीले बताए । सोही अनुसार आज देखि पुलमा स्यानिटाइजेसनको कार्य शुरु गरिएको छ ।

नगरपालिका-१३ का बासिन्दाले भारतबाट फर्कने भित्रिन थालेपछि कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै पुलमा ताला लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्