पाल्पामा ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु



पाल्पा : पाल्पाको निस्दी गाउँपालिका–७ मोटेखर्कमा ट्रिपरको ठक्करबाट आइतबार बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिकाकी ९ वर्षिया ममिता सारु रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

होंसी शिवम् सिमेन्ट उद्योगका लागि चुनढुंगा लिएर जाँदै गरेको रा १ ख १५११ नम्बरको टिपरको ठक्करबाट विद्यालय जाँदै गरेका बालिकालाई बिहान करीब ९ बजेतिर ठक्कर दिएको हो।

 

 ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पोखरेलले बताए। यसैबीच स्थानीयले बालिकाको शव बाटोमै राखेर प्रदर्शन गरिरहेका कारण उद्योग खानी जाने बाटो पूर्ण रूपमा अवरुद्ध पारेका छन्। सडक खुलाउने प्रयासमा प्रहरी परिचालन गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्