प्रेमिका लिन गएका दलित युवकको हत्या, २ मृत फेला, ४ जना अझै बेपत्ता



काठमाडौं: प्रेम सम्बन्ध गाँसेर विवाहका लागि केटी लिन गएका जाजरकोटका १ युवाको हत्या भएको छ ।

हत्या भएपछि पश्चिम रुकुम चौरजहारी नगरपालिकाका-८ का वडा अध्यक्ष डम्बरबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।

विवाहका लागि प्रेमिका लिन गएका जाजरकोट भेरी नगरपालिका-४ का २१ वर्षीय नवराज विकको हत्यामा वडा अध्यक्षको संग्लनता भएको भन्दै प्रहरीले पक्राउ गरेको छ ।

वडा अध्यक्ष मल्ल, केटीका बुवा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्लसहित पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक धर्मसिंह विष्टले बताए ।

उनले भने,‘घटनामा संलग्न अन्यलाई पनि नियन्त्रणमा लिने क्रम जारी छ, घटनाका वियषयमा थप अनुसन्धान भइरहेको छ ।’

भेरी नगरपालिका–४ राना गाउँका २१ वर्षीय नवराज विककी प्रेमिका रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीकी १७ वर्षीया सुष्मा मल्ललाई बेहुलीको रूपमा भित्र्याउन शनिबार १९ जना युवासहित गाउँ पुगेका थिए ।

वडा अध्यक्ष वीरबहादुर मल्लसहित सोतीका गाउँलेहरूले मिलेर आक्रमण गरेर नवराजको भेरी नदीमा खसालेर मृत्यु भएको र अन्य ६ जना बेपत्ता भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्