त्रिवि शिक्षण अस्पतालमा पीसीआर परीक्षण ल्याब स्थापना



काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा पनि आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको छ ।

नेपालमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले परीक्षणको दायरा बढाउन पूर्ण क्षमतामा ल्याब सञ्चालनमा ल्याइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका निर्देशक डा. रुना झाले बताइन् ।

उनले अस्पतालका कर्मचारीलाई तत्काल तालिम दिएर परिचालन गरिने पनि बताइन् । योसँगै देशभर पीसीआर परीक्षणका लागि १७ ल्याब सञ्चालनमा आएका छन् ।

Image may contain: one or more people and indoor
Image may contain: one or more people, people standing and text
प्रतिक्रिया दिनुहोस्