गायक सन्जीव पराजुलीको नयाँ गीत ‘छैन मलाई पीर’ सार्वजनिक (भिडियो)



काठमाडौं : लकडाउनको समयलाई सदुपयोग गर्दै केहि संगीतकर्मीहरुले गीत तथा भिडियोहरु बनाइरहेका छन् । त्यस्तै गायक सन्जीव पराजुलीको स्वरमा नयाँ गीत ‘छैन मलाई पीर’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द र संगीत तथा मोहित मुनालको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा कुसुम गुरुङ, नाजिर हुसेन, गायक सन्जीव पराजुली, सुनिता मगर, कोपिला बुढाथोकी र कपिल मगर फिचर्ड भएका छन् । एलिन श्रेष्ठको निर्देशनमा निर्माण यस भिडियोलाई प्रशान्त तामाङले कोरियोग्राफी गरेका छन् । भिडियोमा उत्तम हुमागाईंको छायांकन र लोकेश बज्राचार्यको कलर करेक्सन तथा सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्