गोकर्णेश्वरको शिवचोकका सात घर सिल



काठमाडौं : गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित सात घर सिल गरिएको छ ।

स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको वडाध्यक्ष केशव गुरुङले जानकारी दिए ।

अहिले कोरोना संक्रमितका परिवारको २ जनाको पिसिआर विधिबाट परीक्षण गर्न लागिएको उनले बताए। परिवारका सदस्यको नतिजा नेगेटिभ आए अरुको नगरिने र पोजेटिभ आए सम्पर्कमा आएकाको ट्रेसिङ गरी परीक्षण गरिने पनि उनले बताए ।

योसँगै गोकर्णेश्वर नगरपाललिकामा २ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्