पशुपति शर्माको गीत ‘लुट्न सके लुट..’ पुन: युट्युवमा हुबहु ल्याउन माग



काठमाडौं : विवादमा आएपछि युट्युबाट हटाइएको गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट..’ पुन: युट्युवमा हुबहु ल्याउन माग माग गर्न थालिएको छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले गीत फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ ।

 

प्रतिष्ठानको आइतबार बसेको बैठकमा सो गीतका विषयमा लामो छलफल पछि गीत जस्ताको तस्तै युट्युवमा ल्याउन आग्रह गर्ने निर्णय गरेको प्रतिष्ठानद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

‘गीत संगीत, अभिनय लगायतका माध्यमबाट जनताले सरकार र सार्वजनिक पक्षधरको विरोध गर्न पाउनुपर्छ’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘ यो व्यक्तिगत स्वतन्त्रताको अधिकार हो ।’

प्रतिक्रिया दिनुहोस्