हल सिटीका दुई खेलाडीमा कोरोना पुष्टि



एजेन्सी स् इंग्ल्यान्डको च्याम्पियनसिप क्लब हल सिटीका दुई खेलाडीमा कोरोना पुष्टि भएको छ । इंग्लिस फुटबल लिगले गरेको परिक्षणमा हलका दुई खेलाडीमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो ।

एक हजार बढी खेलाडीमा कोरोना परिक्षण गर्दा हलका खेलाडीमा कोरोना देखिएको बताइएको छ । यस अघि शीर्ष लिग प्रिमियर लिगका ६ खेलाडीमा कोरोना देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्