राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश



काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषदको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आव २०७६-७७ को नेपाल सरकार र सुरक्षा परिषदको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

समारोहमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडालगायतको उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्