बझाङ जिप दुर्घटना अपडेट : ज्यान गुमाउनेको सनाखत



बझाङ : बझाङको जयपृथ्वी नगरपालिकामा पर्ने चैनपुर-धामीलेक सडकखण्डमा जिप दुर्घटना भएको छ ।  मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका ११ धामीलेक बस्ने १२ वर्षीया बालिका समु जोशी र सोही ठाउँका ४८ वर्षीय धाैले जोशी रहेका छन् ।

चैनपुरबाट धामिलेकतर्फ जाँदै गरेको से१ज ८९० जिप भोपुरमाथिको काप्रिकोट नजिकैको तामाखोलामा दुर्घटनामा परेको हो । घाइतेहरुको उपचार जिल्ला अस्पताल बझाङमा भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।  थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्