सुदूरपश्चिम प्रदेशमा अन्तरप्रदेश मुख्यमन्त्री कप



कैलाली : स्वस्थ युवा, प्रदेशका खम्बा भन्ने नाराका साथ सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिता २०७५ हुने भएको छ । 

सुदूरपश्चिम प्रदेशको सामाजिक मन्त्रालयद्वारा आयोजनामा हुने खेलको मिति घोषणा र लोगो तथा मस्कट आइतबार सार्वजनिक गरिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा चैत १, २ र ३ गते प्रतियोगिता हुने जानकारी दिइएको छ । प्रतियोगिताको धनराशी र पुरस्कारबारे  आयोजकले केही सार्वजनिक गरेको छैन । 

देशभरका सातवटै प्रदेशका महिला तथा पुरुष खेलाडीको सहभागिता रहने प्रतियोगितामा फुटबल, ब्याडमिन्टन, क्रिकेट र भलिबल खेल हुने आयोजकले जानकारी दिएको छ । 

अन्तरप्रदेश मुख्यमन्त्री कप सुदूरपश्चिम प्रदेशले देशमै पहिलोपटक गर्ने लागेको र यसमा सात सयभन्दा बढी खेलाडी सहभागी हुने आयोजकको दाबी छ ।  

प्रतिक्रिया दिनुहोस्