थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६८२ पुग्यो



काठमाडौं : थप ७ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ६८२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

उनका अनुसार अछामका ३२ वर्षीय १ जना, बर्दीयाका ३ जना र पर्साका २ जनामा कोरोना संक्रमण देखिएको हो। बर्दियाको गुलरिया नगरपालकिाका २२, २४ र १८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षका पुरुष, वीरगञ्जको नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा बाराको जिराभवानी गाउँपालिकाका १८ वर्षका पुरुष र काठमाडौं घर भई कलैया बारामा कार्यरत पुरुषमा पनि संक्रमण देखिएको छ ।

देशमा कोरोना संक्रमणका कारण चार जनाको निधन भएको छ । नेपालमा हालसम्म ११२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस्