नारायणी उप क्षेत्रीय अस्पतालमा उपचाररत ४४ जना संक्रमित डिस्चार्ज हुँदै



विरगन्जः आज साँझ ४४ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज हुने भएका छन् ।

नारायणी उप क्षेत्रीय अस्पतालमा उपचाररत ४४ संक्रमितले कोरोनालाई जितेका छन् । उनीहरुलाई साँझ ६ बजेसम्म डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

डिस्चार्ज भएपछि मुलुकमा कोरोनालाई जित्नेको संख्या १ सय ५६ पुग्ने छ । यसअघि विभिन्न चरणमा १ सय १२ संक्रमित डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्