वर्षाको समर्थन गर्दै अभिनेत्री रिमा भन्छिन् ‘भुलचुक भएका र नजानेकालाई सिकाउँ’



काठमाडौं : एउटा अन्तर्वार्ता दिएको भिडियो र अभिव्यक्तिका कारण अभिनेत्री वर्षा राउत विवादमा तानिएकी छन् । उनको १५ सेकेण्डको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ । यो भिडियो भाइरल भएपछि अभिनेत्री वर्षा राउतको जताततै आलोचना र विरोध भइरहेको छ ।

विरोधसँगै यतिबेला वर्षालाई केही कलाकर्मीले समर्थन पनि गरेका छन् । त्यस्तै अर्की अभिनेत्री रिमा विश्वकर्माले उनको समर्थन गर्दै आफ्नो अभिव्यक्ति सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिएकी छन् । उनी लेख्छिन् – ‘हैन, कस्तो समाजमा हुर्किदै छौं हामी यहा कति बेला कस्ले के थल्ती गर्छ र उसमाथी खनिउ भनेर बसे जस्तो । आफ्नाले आफ्नालाई चै जे भन्दा पनि हुने अनि अर्काले चै राष्ट्रवादी अपमानको नारा लगाउने र स्मरण होस हामी मानव हौं । यहाँ कोहि पनि पूर्ण दक्ष छैन । शव्द केलाउने होईन आशय, आचरण र अभिव्यक्त्तिको मनसाय बुझ्ने प्रयास गरौं । भुलचुक भएका र नजानेकालाई सिकाउँ । सभ्य समाजको निर्माणमा जुटौं ।’

सारा नेपालीले भारतले अतिक्रमण गर्ने चेष्टा राखेको कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा खुलेर बिरोध गर्दा नायिका वर्षा राउतले भने विबादास्पद बयान दिएपछि वर्षाको सर्मथन गर्दै अर्की नायिका तथा कार्यक्रम प्रस्तोता रिमा विश्वकर्माले उनको सर्मथन गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्