रिक्सा चालकको जीवनशैलीमा आधारित चलचित्र ‘धुलो’ डिसहोममा रिलिज



काठमाडौं : प्रद्युम्न मिश्रद्वारा निर्देशित चलचित्र ‘धुलो’ डिसहोममा रिलिज भएको छ । गत वर्ष फागुन अन्तिममा प्रदर्शनमा आएको यस चलचित्र डिसहोममा आइतबारबाट रिलिज गरिएको हो चलचित्रमा रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीको कथालाई प्रस्तुत गरिएको छ । चलचित्रमा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बालकलाकार सुदीप कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवा विशेष भूमिका छ । सिके वाग्लेको प्रस्तुति रहेको यस चलचित्रको निर्माता लक्ष्मी गौतम र नानीराम फुँयाल हुन् । सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको यस चलचित्रलाइै रामजी लामीछानेले कोरियोग्राफी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्