आगलागीबाट गाईगोठ र पोल्ट्री फर्म जलेर नष्ट



हसुलियाः आगलागीबाट कैलारी गाउँपालिका वडा नं.८ दक्षिण टेँढीका स्थानीय टेकबहादुर साउँदको गाईगोठ र पोल्ट्री फर्म जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

आगलागीबाट गाईगोठ र चन्द्र कृषि फर्ममा भएका २ हजार चल्लासहित लाखौंको क्षति भएकोे छ । घरमा बच्चाहरुले गाईको लागि कुँडो पकाउने बेला करिब ११ः१२ बजेतिर आगलागी भएको थियो ।

आगलागीबाट गाईगोठ र भर्खरै फर्ममा हालेका २ हजार ब्रोइलर कुखुराका चल्लासहित फर्म पूर्णरुपले जलेर क्षति भएको इलाका प्रहरी कार्यालय हसुलियाका इन्चार्ज नारायाणसिंह धामीले जानकारी दिए ।

आगलागीलाई दक्षिण टेँढी, लोहरपुर, बेनौली लगायत स्थानीयहरु बोरिङ्ग, कुलोको पानीबाट नियनत्रणमा लिएका थिए ।

त्यस्तै गाउँपालिकाकै वडा नं.७ भुँइयाँ फाँटाका स्थानीय चुल्हुराम चौधरीको घरमा रुख ढलेर घर र उनको श्रीमतिको टाउकोमा चोट लागेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्