संसारका उत्कृष्ट १० सहरमध्ये काठमाडौं पाँचौं स्थानमा



काठमाडौं : घुम्न र अध्ययन अवलोकन गर्नुपर्ने विश्वभरिका सहरमध्ये काठमाडौं पाँचौं स्थानमा परेको छ। पर्यटन प्रवद्र्धन र प्रचारप्रसार गर्ने लोन्ली प्लानेटले काठमाडौंलाई सन् २०१९ मा घुम्र्नैपर्ने विश्वकै उत्कृष्ट १० सहरमध्ये पाँचौंमा छनोट गरेको छ।

प्लानेटले विश्वका १० उत्कृष्ट सहर छानेर यसै साता सार्वजनिक गरेको हो। उसले सार्वजनिक गरेको सूचीमा काठमाडौं माथिल्लो पाँचमा परेसँगै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्