मापदण्डअनुसार क्वारेन्टिन व्यवस्थित गर्न आग्रह


काठमाडौं: प्रतिनिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले देशभर निर्माण भएका र निर्माणाधीन क्वारेन्टिन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार व्यवस्थित गर्न सरकारलाई आग्रह गरेको छ ।

समितिका सभापति कृष्णभक्त पोखेरलको अध्यक्षमा बसेको बस्ने व्यक्तिलाई खाना, स्वास्थ्य, सरसफाइ र सुरक्षाको उचित व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकले असहाय, एकल तथा विधवा महिला र अपाङ्गता भएका व्यक्तिलाई वितरण गरिदैँ आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न यससम्बन्धी संशोधन विधेयक संघीय संसदको चालु अधिवेशनमा पेश गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमणको पहिचान गर्न गरिने पिसीआर परीक्षण समुदायस्तरसम्म व्यापकरुपमा गर्ने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समितिले ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

समितिले कोरोना भाइरसको महामारीका कारणले बन्दाबन्दीको समयमा घटेका जातीय विभेद, छुवाछुत, बलात्कार, हत्याजस्ता घटनाका दोषीउपर कारवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई निर्देश गर्ने निर्णय गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

ईलाम : नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत ईलामको श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय निर्माणको लागि

काठमाडौं : आत्महत्या गरेको फेसबुक लाइभ सेयर नगर्न स्वास्थ तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ

काठमाडौं : नेपालमा सोमबार थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य

काठमाडौं : नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीलाई प्रवृत्ति

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाटै राजीनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली

जनकपुरधाम : प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा १ सय १५ जना व्यक्तिमा कोरोना

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक