सरकारसँग जम्मा १२ हजार भीटीएम मौज्दात,२ लाख ५ हजार खरिद गर्दै



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पीसीआर विधिबाट कोरोना भाइरस परीक्षण गर्न थ्रोट स्वाब संकलन गर्ने भाडा भाइरल ट्रान्सपोर्ट मेडियम (भीटीएम) १२ हजार मौज्दात रहेको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री व्यवस्थापनको विषयमा जानकारी दिएका हुन् ।

निर्देशक डोटेलका अनुसार हालसम्म कोरोना परीक्षणको लागि एक लाख भीटीएम प्राप्त भएको र उक्त भीटीएम विभिन्न जिल्ला तथा प्रदेशलाई ८८ हजार वितरण गरिसकिएको छ।
उनले हाशाखासँग १२ हजार भीटीएम किट मौज्दात रहेको र २ लाख ५ हजार भीटीएम खरिद प्रक्रिया अघि बढाइएको पनि जानकारी दिए।

निकै कम मात्र मौज्दात रहेको पाइएको छ । स्वाथ्यकर्मीको व्यक्तिगत सुरक्षामा चाहिने पीपीई १ लाख ४६ हजार सेट जम्मा भएको थियो । त्यसमध्ये ५४ हजार विभिन्न स्थानमा पठाइएको छ भने ९२ हजार सेट बाँकी छ ।

यस्तै १५ लाख सर्जिकल मास्क, १ लाख ८० हजार एन ९५ मास्क, २ लाख ७८ हजार पञ्जा, ५३ हजार सुज कभर, १७ हजार क्याप र ६०० आईआर थर्मामिटर मौज्दात छ ।

प्रतिक्रिया दिनुहोस्