देशको कुल जनसंख्याको दुई प्रतिशत जनतामा कोरोना परीक्षण गरिन्छ : प्रधानमन्त्री ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई प्रतिशत जनतामा कोरोनाभाइरस (कोभिड–१९)को परीक्षण विस्तार गरिने बताएका छन् ।

सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली विज्ञहरुको राय सुझावका आधारमा देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोनाको परीक्षण विस्तार गरिने बताएका हुन् ।

प्रधानमन्त्रीले एकमात्र प्रयोगशालाबाट शुरु भएको परीक्षण अब सातै प्रदेशका २० भन्दा बढी प्रयोगशाला स्थापना गरि बिस्तार भएको बताए ।

प्रतिक्रिया दिनुहोस्