राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने कार्य उच्च प्राथमिकतामा छ: सरकार


काठमाडौं: सरकारले नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी आफ्ना कामकारवाही एवं गतिविधि सञ्चालन गरेको जनाएको छ ।

नेपाल सरकारले राष्ट्रपतिसमक्ष आज बुझाएको सरकारको प्रतिवेदनमा सो कुरा उल्लेख छ । संविधानअनुरुप राज्यका नीति तथा दायित्यको कार्यान्वयनको स्थिति र शासकीय सुधार एव सुशासन कायम गर्ने सम्बन्धमा भएका कामकारवाही पनि प्रतिवेदनमा समेटिएको छ ।

विशेष गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न सरकारले आर्थिक, सामाजिक, पूर्वाधार एव सुशासन तथा सेवा प्रवाहका क्षेत्रमा गरेको रुपान्तरणकारी कार्यको विवरण प्रतिवेदनमा समावेश गरिएको जनाइएको छ ।

नेपाल सरकारले गत आर्थिक वर्ष २०७५।०७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज पेश गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत आवमा सरकारद्वारा सम्पादित प्रमुख कार्य र हाँसिल भएका उपलब्धि समावेश गरिएको वार्षिक प्रतिवेदन राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपतिसमक्ष पेश गरेका हुन् ।

संवैधानिक व्यवस्थानुरुप प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको गत आव २०७५।०७६ को नेपाल सरकारको वार्षिक प्रतिवेदन र सुरक्षा परिषदको कामकारवाहीसम्बन्धी छुट्टाछुट्टै प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले प्रतिवेदनमा उल्लिखित विषयको प्रभावकारी कार्यान्वयनमा सरकार सक्षम हुने विश्वास व्यक्त गरिन् ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन सरकारले राष्ट्रपतिसमक्ष पेश गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसदमा पेश गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

ललितपुर : महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि

जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी

काठमाडौं– समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)लाई निर्वाचन आयोगले दल

काठमाडौं– सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्। कानून विपरीत समाजवादी पार्टीले आफूमाथि कारबाही

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको अगाडि रहेको गुठीको जग्गा लिजमा

काठमाडौं : आइतबार काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य

काठमाडौँ : कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन्

काठमाडौं : भारतको बहराइच क्षेत्र हुँदै आइतबार सहलका दुई वटा झुण्ड नेपाल प्रवेश गरेको छ

काठमाडौँ : सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक

काठमाडौं : सरकारले बुधबारदेखि ६ मुलुकमा तेस्रो पटक थप ४२ चार्टर उडान गर्ने भएको छ

काठमाडौं : देशका अधिकांश क्षेत्रमा मंगलबारसम्म भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग