एसइइबारे छिट्टै निर्णय हुन्छ : प्रधानमन्त्री



काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीका कारण रोकिएको एसइई बारे छिट्टै निर्णय हुने बताएका छन् ।

आज (सोमबार) राष्ट्रको नाममा सम्बोधन गर्दै उनले एसइइ परीक्षा दिनबाट वञ्चित रहेका विद्यार्थीकाबारेमा तत्काल निर्णय लिने बताए ।

एसइइ परीक्षा सञ्चालन हुन नसक्दा लाखौं विद्यार्थी अन्योलमा रहेको बताए । यसर्थ यसमा शिक्षा मन्त्रालयले तत्काल नयाँ निर्णय गर्ने भन्दै तत्कालै शैक्षिक वर्ष खेर जान नदिन मन्त्रालयले आवश्यक व्यवस्था मिलाउँदै भने ।

उनले अनलाइन भर्चुअल कक्षा सञ्चालन गर्ने विषयमा पनि शिक्षा मन्त्रालयले काम गरिरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्