विदेशमा रहेका नेपालीको उद्धार गर्ने: प्रधानमन्त्री



काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नागरिकप्रति सरकार संवेदनशील रहेको बताएका छन् ।

आज (सोमबार) राष्ट्रको नाममा सम्बोधन गर्दै उनले कोरोना भाइरसका कारण विदेशमा रहेका र अलपत्र परेका नागरिकको उद्धार गर्ने प्रतिबद्धता व्यक्त गर्दै सरकारले विस्तृत आदेश तत्काल जारी गर्ने जानकारी दिए ।

त्यस्तै उनले भारतबाट नेपाल भित्रिदा अनिवार्य परीक्षण नगरिएकाले महामारी फैलिएको बताए । भारतबाट अनेक कष्ट झेलेर स्वदेश भित्रिएको र विदेशबाट नेपाल आएकाहरुलाई छिटोभन्दा छिटो परीक्षण गराउन पनि उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्