प्रधानमन्त्री ओलीले भने–नेपालीको मनोबल उच्च र रोग प्रतिरोधी क्षमता असाधारण छ



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल निर्माणको आह्वान गरेका छन् । सोमबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै कोरोनाभाइरस कहिल्यै नहराउन सक्छ भन्ने संभावनालाई आत्मसात गर्दै यसको सामनाका लागि निरोगी नेपाल निर्माणको आह्वान गरेका हुन् । साथै उनले नेपालीको मनोबल उच्च भएको र रोग प्रतिरोधी क्षमता असाधारण भएको पनि बताए ।

उनले नेपालको प्राचीन खाद्य प्रणाली र भान्सामा प्रयोग हुने तत्वहरुले रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गरेको पनि बताए । निरोगी नेपाल निर्माण सरकारको प्रमुख लक्ष्य भएको बताउँदै उनले यसका लागि ५ वटा काम गर्न पनि देशवासीलाई आग्रह गरेका छन् ।

उपलब्ध आहारलाई स्वच्छ र सफा बनाएरमात्र खाने, लकडाउनको फुर्सदमा घरभित्रै प्रशस्त्र व्यायाम गरेर शारीरिक तन्दुरुस्ती कायम गर्ने सल्लाह उनले दिएका छन् । यस्तै भाइरस फोहोरमा रमाउने भन्दै उनले आफ्नो र बासस्थान वरपरको सरसफाइमा ध्यान दिन र पर्याप्त आराम गर्न पनि आग्रह गरेका छन् । उनले दिएको पाँचौं शुत्रमा मनोवल उच्च राख्ने छ ।

प्रतिक्रिया दिनुहोस्