के नेपालमा बस्ने नेपालीहरुको रगतको रंग गाढा र विदेशमा बस्नेको फिक्का हुन्छ ?



काठमाडौं : नक्सा सार्वजनिक भएपछि सिमाका कुरालाई लिएर थुप्रै विवाद र विरोधहरु भइरहेका छन् । यसै विषयमा विभिन्न कलाकर्मीहरुले आफ्ना अभिव्यक्तिहरु राखिरहेका छन् । आफ्ना अभिव्यक्तिहरु राल्ने क्रममा अभिनेत्री वर्षा राउत विवादमा परिन् । विवादमा परेपछि आफ्नो अभिव्यक्तिलाई सच्याउने क्रममा वर्षा फेरि पनि अर्को विवादमा परेकी छन् । एक टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा बर्षाले ‘म देशलाई माया गर्छु त्यसैले मै विदेशको पिआर लिएको छैन ।’ भनेपछि विदेशमा बस्ने अभिनेत्री जलशाहले उनीप्रति कडा आपत्ति जनाउँदै आक्रोस व्यक्ति गरेकी छन् ।

जल शाह कुनै समयकी चर्चित अभिनेत्री हुन्, हाल अमेरिकामा बस्दै आएकी छन् । उनले, सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रतिवाद गरेकी हुन् । कुनै पनि विपत्ती आइपर्दा विदेशमा बस्ने नेपालीहरु एक भएर अगाडि बढेका छन् । नेपालमा बस्ने नेपालीहरुको रगतको रंग गाढा र नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुको रगतको रंग फिक्का हुन्छ र भन्दै थुप्रै प्रश्न गरेकी छन् ।

उनी लेख्छिन्–’आफ्नो नेपाल आमालाई माया गर्न नेपालमै बस्नु पर्छ ? नेपालीहरू विश्वभर छरिएर बसेका छन् ! केही मानिसको बोली अनुसार, म देशलाई माया गर्छु त्यसैले म विदेशमा वसेको छैन्र यो कस्तो मानसिकता हो ?कत्तिको जायज छ? तर यदि तपाइँको देश प्रतिको कर्तव्य र योगदान हेर्ने हो भने त्यो त शून्य छ । नेपालमा बस्दैमा आफू मात्र इमान्दार ? कस्तो खोक्रो बोली छिन छिनमा बदलीदै जाने ? नेपाली दाजुभाई, दिदिबहिनीहरू कोहीपनि आफ्नो देश र परिवारबाट टाढा हुन चाहन्नन , संसारभर छरिएर उनीहरू आफ्नो शीप अनुसारको काम गरिरहेका छन् । आफ्नो परिवारको पेट पलिरहेका छन् । उनीहरूलाई, मलाईं जस्तै देशप्रतिको कर्तव्य, सम्मान र प्रेम देखाउन कसैको अनुमति चाहिन्छ र ? देशमा जुनसुकै विपत्ति आइपर्दा पनि विदेशमा बस्ने नेपालीहरू एक भएर अगाडि बढेका छन् । सहयोगका लागी नेपालमा बस्ने नेपालीहरुको रगतको रंग गाढा ? नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुको रगतको रंग फिक्का ? नेपालीको पनि दुइवटा जात हुन्छ र ? के बाहिर वस्ने नेपाली , नेपाली नै होइनन्? देशमा बसेर ठूलो ठूलो गफ हाकेर आफ्नो देशलाई ठग्न र नङ्ग्याउन हामीलाई त आउदैन । हामीलाई आफ्नो देश रक्षाको लागी मर्न चाही पक्कै आउँछ । खोक्रो राष्ट्रवाद मुर्दाबाद । जय देश ’

प्रतिक्रिया दिनुहोस्