इटालियन सिरी ‘ए’ फुटबल जुनबाट सुचारु हुने



एजेन्सी :  इटालियन सिरी ‘ए’ फुटबल आगामी जुनबाट सुचारु हुने भएको छ ।

इटालीका खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले कोरोनाका कारण स्थगित सिरी ए फुटबल जुनबाट सुचारु गर्ने तयारी भईरहेको बताएका छन् ।

उनले जुन १३ वा २० बाट सिरी ए सुचारुका लागि सम्भावित दुई मितिमा छलफल गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्