चितुवाको जस्तो देखिने छाला र हड्डी सहित एक जना पक्राउ



बझाङ : बुङगल नगरपालिका-११ कमलपुर खौराधार बस्ने ३३ वर्षीय प्रेम बहादुर बोहरालाई चितुवाको जस्तो देखिने छाला र हड्डी सहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र प्रहरी चौकी बिथ्थडचिरबाट खटिएको प्रहरीले बोहराको घर तालसी गर्दा अन्दाजी ८ फिट २ ईन्च लम्बाई र २६ ईन्च चौडाई भएको छाला तथा हड्डी अन्दाजी साढे ३ केजी फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्