अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ हजार नाघ्यो



काठमाडौं : अमेरिका कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित राष्ट्र हो। अमेरिकामा विश्वमै सबैभन्दा बढी व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको छ।

मृतकको संख्या पनि अमेरिकामै उच्च छ। यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ ।

अमेरिकामा १६ लाख ८८ हजार ७०९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ४ लाख ५१ हजार ७ सय ४५ जना उपचारपछि स्वस्थ बनेका छन् भने ९९ हजार ३४८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्