रणवीरलाई दीपिकाले ‘किस’ गरेको भिडियो भयो भाइरल



एजेन्सी : बलिउडको लोकप्रिय जोडीको रुपमा चर्चित छ रणवीर–दीपिकाको जोडी । एकअर्काप्रति निकै प्रेम दर्शाउने यो जोडीको प्रेम साँच्चै उदाहरणीय मानिन्छ ।

यसैबीच, लकडाउनका कारण घरमै आइसोलेसनमा बसेका दीपिका र रणवीरले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गरेका छन् । जसमा दीपिकाले रणवीरलाई किस गरिहेकी छिन् ।

इन्स्टाग्राममा सेयर गरेको भिडियोमा दीपिकाले लेखेकी छिन्, ‘मायामा संसारमै निकै प्यारो अनुहार ।’ उनले ह्याशट्याग क्युटी रणवीर पनि लेखेकी छिन् ।

सामाजिक सञ्जालमा यो भिडियोलाई निकै मन पराइएको छ । उनीहरुको यो भिडियोमा प्रशंसकहरुले विभिन्न प्रकारका प्रतिक्रिया जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्