यी हुन् मुकेश अम्बानीसँग भएका निकै महङ्गा सम्पत्तिहरु



एजेन्सी : ‘सौख’ निकै ठूलो कुरा हो । जसले मानिसलाई अगाडि बढाउन निकै महत्वपूर्ण भूमिका खेल्छ । जब मानिस आफ्नो सौख पूरा गर्न मेहेनतका साथ लागि पर्छ तब उसले जीवनमा सफलता निकै छिट्टो प्राप्त गर्छ ।

सौख पूरा गर्न मानिसले पैसा कमाउन सिक्छ । यसको जल्दोबल्दो उदाहरण हुन्, मुकेश अम्बानी । एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक ज्याक भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् ।

भनिन्छ, अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।

अम्बानी परिवार धनि हुनुका साथै उनीहरुको आफ्नो शोख पनि निकै फरक र महङ्गो हुने गर्छ ।

त्यसैले त अम्बानीले आफ्नो ११ हजार करोडको घर बनाएका छन् । जसको नाम ‘एन्टीलिया’ राखिएको छ । उनका श्रीमती, छोरी र छोराहरु पनि उत्तिकै लायक र परिश्रमी छन् ।

उनीसँग भएका गाडी, प्लेनका साथै अरु चीज पनि निकै महङ्गा र आर्कषक छन् । साथै संख्यामा पनि धेरै छन् । जुन हरेक मानिसको सपना हो ।

बोइङ बिजनेस जेट

मुकेश अम्बानीसँग २१ औँ शताब्दीको प्रविधिको प्रयोगबाट बनेको ७३ मिलियन डलर मूल्यको बोइङ बिजनेस जेट–२ छ ।

८.५ करोडको BMW

भारतको सबैभन्दा महङ्गो कारमा घुम्छन् अम्बानी । एक रिपोर्टको अनुसार यो कारको मूल्य १.९ करोड रुपैयाँ हो । तर उनको लागि यो कार जर्मनीद्वारा बनाइएको हो । बीएमडब्लू कारको आयात शुल्क ३०० % रहेको छ त्यसैले यसको मूल्य ८.५ करोड हो ।

द फाँल्कन–९००

उनको यो विमानमा १४ जना यात्रा गर्न सक्छन् । सुत्रको अुनसार यो एवियनिक्सको सबैभन्दा राम्रो श्रृखला हो । यसको मूल्य ४३.३ मिलियन डलर रहेको छ ।

मल्टी स्टारी ग्यारेज

मुकेश अम्बानी कारका निकै सौखिन हुन् । उनको घर एन्टीलियामा एक निकै ठूलो ग्यारेज रहेको छ जसमा १६८ वटा कार पार्किङ गर्न सकिन्छ । उनको घरको छतमा हेलीप्याड समेत रहेको छ ।

एयरबस–३१९

डीएनएका अनुसार मुकेश अम्बानीसँग एयरबस–३१९ पनि छ । जसमा १८० जना यात्रु यात्रा गर्न सक्छन् । र यसको मूल्य २३० करोड पर्छ ।

रोल्स रोयस

कारको रानी मानिने यो कार आफूसँग होस् , यो सपना हर कोहि मानिस देख्ने गर्छन् तर यो कार भारतमा अमिताभ बच्चन र मुकेश अम्बानीसँग मात्र छ ।

एस्टन मार्टिन ¥यापिड

यो कार अम्बानीको घरनजिकै २०१३ मा दुर्घटना भएको थियो । जसलाई फेरि बनाउन मात्र ४.५ करोड खर्च भएको थियो ।

मेब्याच–६२

डेली भास्करको अनुसार यो कारमा कन्फेरेन्सको सुविधासमेत रहेको छ । ५५१३ सीसी इन्जिन र प्रतिघण्टा २५० किमीको गतिमा कुद्ने यो कारमा एक घण्टामा पुग्ने ठाउँमा ५.४ सेकेण्ड लाग्छ ।

एन्टीलिया

मुकेश अम्बानीको घरको निर्माण गर्न कुल लागत १ विलियन , ४००००० वर्ग फुट जमिन , २७ वटा फ्लोर र उचाई ४० वटा विल्डिङ बराबरको छ ।

मर्सिडीज बेन्ज एस गार्ड

यो कार ६०० औँ पटक संशोधित संस्करण हो । यो कारको लेस सुरक्षा प्रणाली जेड श्रेणीको रहेको छ । यो पृथ्वीके सबैभन्दा विलासी र सुरक्षित कार हो ।

रिलायन्स कम्पनी

रिलायन्स कम्पनीसँग ऊर्जा, पेट्रोकेमिकल्स, वस्त्र, प्राकृतिक संसाधन, खुद्रा र दुरसञ्चार जस्ता विभिन्न क्षेत्रमा कारोबार रहेको छ । यसले हरेक वर्ष ४.७ विलियन फाइदा कमाउँछ र मुकेश अम्बानीले यसबाट ४४.७ प्रतिशत पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्