के तपाईंलाई रातो केराबारे थाहा छ ?



एजेन्सी : विश्वमा केही यस्ता कुराहरु रहेका छन् जसबारे कमैलाई थाहा छ । केही यस्ता विशेष वस्तुहरु रहेका छन् जो सिमित ठाउँमा मात्र पाइने गर्छन् । तपाई कहिल्यै रातो केराको बारेमा सुन्नु भएको छ वा देख्नु भएको छ ?

अस्ट्रेलियाका साथै वेस्ट इण्डिज, मेक्सिको, जमैका, इक्वेडर लगायतका देशमा पनि यो केरा पाइने मिडिया रिपोर्टमा उल्लेख छ ।

रातो केराको यो प्रजाति सबैभन्दा पहिले कोस्टारिका देशमा फेला परेको थिए ।

अहिले पूर्वी अफ्रिका तथा दक्षिण अमेरिकामा यसको सबैभनदा धेरै उत्पादन हुने गरेको छ र विश्वका विभिन्न देशमा निर्यात समेत हुने गरेको छ ।

यो केराको कोसा हल्का गुलाबी रातो रंगको हुन्छ भने स्वाद अन्य केराजस्तै हुन्छ ।

यसमा पर्याप्त भिटामिन सी का साथै क्यालोरी पनि प्रसस्त पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्