आजदेखि पश्चिममा वर्षासँगै हिमपातको प्रक्षेपण



काठमाडौं: जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले सोमबारदेखि पश्चिम नेपालमा वर्षासँगै हिमपात हुने प्रक्षेपण गरेको छ । अरब सागर हुँदै जम्मु–कस्मिरबाट पश्चिमी न्यून चापीय प्रभाव नेपाल प्रवेश गर्ने भएकाले मौसममा खराबी आउने मौसमविद् सुजन सुवेदीले जानकारी दिए ।

‘सोमबारदेखि पश्चिमी क्षेत्रका तराई र पहाडमा आंशिक बदली भई छिटफुट वर्षा हुन सक्छ,’ सुवेदीले भने, ‘उच्च हिमाली क्षेत्रमा भने हलुका हिमपात हुनेछ ।’ उपत्यकासहित पूर्वी पहाडी क्षेत्रमा भने आंशिक बदली हुने उनले बताए । गर्दै जलवाष्पयुक्त हावा आइरहेकाले एक सातापछि वर्षासँगै हिमपात भइरहेको छ ।

पश्चिमी न्यून चापीय प्रभाव कमजोर भए पनि अझै केही दिन रहन सक्ने सुवेदीले बताए । ‘हिउँदमा प्रायजसो पश्चिमी वायुको प्रभाव हुन्छ, यस्तो वेला कहिले थोरै कहिले धेरै वर्षासँगै हिमपात हुन्छ,’ सुवेदीले भने । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्