सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित



काठमाडौं : कर्णालीमा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार पुष्टि भएका सबैजना सुर्खेतका हुन् ।

कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा.डम्बर खड्काका अनुसार वीरेन्द्रनगर नगरपालिकामा १० जना र सिम्ता गाउँपालिकामा २ जनामा कोरोना पुष्टि भएको छ ।

उनका अनुसार बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनबाट ‘र्‍यान्डम्ली’ लिइएका स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो । योसँगै कर्णाली प्रदेशमा कुल संक्रमित संख्या २३ पुगेको छ ।

त्यस्तै नेपालमा ६ सय ९४ संक्रमित भएका छन् भने कोरोनाका कारण चार जनाको मृत्यु भएको छ । साथै १ सय ५५ जना निको भएर घर फर्किका छन् ।

No photo description available.
प्रतिक्रिया दिनुहोस्