वाइडबडी प्रकरणमा वयान लिने अख्तियारको तयारी



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिद प्रकरणमा जोडिएका पदाधिकारी तथा कर्मचारीसँग बयान लिने तयारी गरेको छ ।

संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले दुईवटा वाइडबडी विमान किन्दा चार अर्ब ३५ करोड रुपैयाँ घोटाला भएको निष्कर्ष निकाल्दै छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको थियो । सोहीअनुसार आयोगले एक महिनादेखि विस्तृत छानबिन गरिरहेको छ ।

आयोगका एक अधिकारीका अनुसार अख्तियारले सहसचिवको नेतृत्वमा तीन सदस्यीय समूह गठन गरेर विस्तृत अध्ययन गरिरहेको छ ।

एक महिनाको अवधिमा निगमले पठाएको कागजपत्र अध्ययन गरिसकिएको छ । निगमबाट थप कागजपत्र र निगमबाहेकका अन्य निकायबाट पनि प्राविधिक जानकारी माग गरिएको छ ।

योसँगै आयोगले वाइडबडी प्रकरणमा जोडिएको पदाधिकारी तथा कर्मचारीको बयान लिने तयारी गरिरहेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्