पश्चिम रुकुमको घटनामा संलग्न दोषीमाथि कारबाहीको माग, शाही भन्छन्- ‘निर्मलाको हत्यारालाई जस्तो नलुकाइयोस्’



काठमाडौं– हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक एंव भ्रष्टाचारी विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीले नवराज विकको हत्यामा संलग्न दोषीमाथि कारबाहीको माग गरेका छन् ।

जातीय विभेदको नाममा भइरहेको यस्तो अपराधिक गतिविधि प्रति आपत्ति जनाउँदै उनले निर्मला पन्तको हत्याको दोषीलाई लुकाए जस्तै यो घटना त्यस्तो नगराउन पनि चेतावनी दिएका छन् ।

उनले यस्तो अपराधको विरुद्ध राज्य एक जुट बन्नको लागि पनि आग्रह गरेका छन् । साथै उनले जातीय विभेद अन्त्य नभएसम्म सोचेको जस्तो नेपाल निर्माण गर्न नसक्निे पनि बताए ।

देशभित्र बसेर जातीय विभेद गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै उनले त्यस्ता व्यक्तिलाई पनि कारवाही हुनुपर्ने उनको माग छ ।

आइतबार पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा विक आफनो प्रमकालाई लिन गएका थिए र उनीहरूलाईबीच बाटोमै आक्रमण गरिएको थियो । विकसहित अन्य २ को पनि मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्