आजको संसद सचिवालयको कार्यसूचीमा छैन संविधान संशोधनको विषय !



काठमाडौं : संघीय संसद अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ । आइतबार दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७८/०७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने संसद सचिवालयको कार्यसूची छ ।

आर्थिक सर्वेक्षण पेश भएको पर्सिपल्ट नयाँ आर्थिक वर्ष २०७७/७८ को बजेट संसदमा प्रस्तुत हुने छ । हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था छ ।

त्यसोत आजको बैठकमा संविधान संशोधन विधेयक पेश हुने सम्भावना निकै कम रहेको छ । सम्भवतः संशोधन विधेयक अर्को बैठकमा पेश हुन सक्छ ।

सरकारले भारतीय अतिक्रमित भूभाग लिम्यिाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नयाा नक्सा जारी गरेपछि संविधान संशोधन गर्न लागिएको हो ।

यसका लागि गत जेठा ९ गते दिउँसो ३ बजे संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरिएको थियो ।

विधेयक परिपक्व हुन पाँच दिन लाग्छ ।

जेठ ९ गते दर्ता भएकाले मंगलबार जेठ १३ गते पाँच दिन पुग्छ । तर, संघीय संसदको महासचिव डा. भरतराज गौतमद्वारा जारी कार्यसूचीमा संविधान संशोधनको विषयले स्थान पाएको छैन ।

त्यसोत जेठ १४ गते अर्थात बुधबार संसद बैठक राखिएको छैन भने जेठ १५ गते अर्थात बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट पेश हुन्छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फे भने छोटो बाटोबाट भए पनि संविधान संशोधन प्रक्रिया अघि बढाउनु पर्ने अडान राखेकि छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि उनले सोही अडान राखेकी थिइन् । छोटो बाटोबाट जाँदा कतिपय नियम निलम्बन गर्नुपर्ने हुन्छ ।

यता प्रमुख प्रतिपक्षी र मधेश केन्द्रीत दलका नेताहरुले संविधान संशोधन गर्दा मधेशमा माग पनि संशोधन गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्