कांग्रेसको कटाक्षः प्रधानमन्त्रीज्यू, बयलगाडा चढेर सगरमाथा पुगिन्न



काठमाडौं: सरकारको एक वर्ष कार्यकाल मूल्यांकन गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले ‘प्रधानमन्त्री केपी शर्मा अ‍ोली ‘बयलगाडा चढेर सगरमाथा चढ्न लागेको’ टिप्पणी गरेको छ। सरकार आर्थिक समृद्धि, शान्ति सुरक्षा र सुशासनको दिशामा असफल रहेको उसको दाबी छ। 

सरकारका कामबारे प्रतिपक्षको धारणा सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकास शर्माले सर्वसाधरणले दुई तिहाईको सरकार देखे पनि प्रतिफल देख्न नपाएको निष्कर्ष सुनाए। ‘बलियो सरकार भएका बेला मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने, लगानीका अवसर बढ्ने, बाह्य लगानीकर्ता आकर्षित हुने, भरपर्दो शान्तिसुरक्षा कायम भई लगानीकताए ढुक्कले आउने पूर्वानुमान र आमअपेक्षा यो वर्ष दिनमा खण्डित भएको छ,’ उनले भने।

कांग्रेस आर्थिक सुचाकंका विवरणसमेत प्रस्तुत गरेको खवर कान्तिपुरमा छ । ‘व्यवस्थित अर्थतन्त्रको महत्वपूर्ण मानक राजस्वको आकार बढ्ने र पुँजीमा खर्च समयमै प्रभावकारी रुपले हुने कोणमा निर्भर हुन्छ,’ कांग्रेसले भनेको छ, ‘तर बलियो सरकार भनिए पनि पुँजीगत खर्च माघ मध्यम आइपुग्दा केबल २२.८७ प्रतिशत मात्रै छ।’

प्रतिक्रिया दिनुहोस्