प्रहरी कार्यालयलाई टेलिभिजन हस्तान्तरण 



म्याग्दी : म्याग्दी सुनचाँदी व्यवसायी संघले जिल्ला प्रहरी कार्यालयलाई टेलिभिजन सहयोग गरेको छ ।

संघका अध्यक्ष चन्द्रप्रकाश बराईली, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, संघका केन्द्रीय सदस्य रामकृष्ण बराईली, संघका पूर्वअध्यक्ष जीवनबहादुर विश्वकर्माले संयुक्त रुपमा प्रहरी नायव उपरीक्षक बिरबहादुर बुढा मगरलाई सो टेलिभिजन हस्तान्तरण गरेका हुन् ।

सामाजिक उत्तरदायित्वअन्र्तगत संघले प्रहरी कार्यालयको परिसरमा रहेको प्रतिक्षालयमा सन्देशमुलक सामग्री प्रशारणका लागि ६३ हजार रुपैयाँबराबरको एलजी कम्पनीको एलईडी ४३ ईन्चको टेलिभिजन सहयोग गरेको संघका महासचिव कमल विश्वकर्माले जानकारी दिए ।

प्रहरीले सञ्चालन गरेको समुदायसँग प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत संघले टेलभिजन उपलब्ध गराएको हो । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई विभिन्न जनचेतनामुलक र सन्देशमुलक सामग्री प्रदर्शन गर्न संघबाट प्राप्त टेलिभिजनले सहयोग पुगेको प्रनाउ बुढामगरले बताए ।

कार्यक्रममा मेयर श्रेष्ठ, प्रजिअ अधिकारी, संघका केन्द्रीय सदस्य बराईली, पूर्वअध्यक्ष विश्वकर्माले प्रहरी र समुदायबीचको साझेदारीले समाजमा शान्ति सुरक्षाको पत्याभूति दिलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्