संघीय संसदको लोगोमा राखियो नेपालको अध्यावधि नयाँ नक्सा



काठमाडौं : संघीय संसदको लोगोमा अध्यावधि गरिएको नेपालको नयाँ नक्सा राखिएको छ । संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाको लोगोमा नेपालको नयाँ नक्सा राखिएको हो ।
संघीय संसदको नयाँ लोगो मंगलबारको बैठकबाट प्रयोगमा ल्याइएको हो ।

आइतबार बसेको संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाका कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदको लोगो र सांसदहरूले लगाउने लोगोमा अध्यावधिक नक्सा राख्ने निर्णय गरेका थिए ।

भारतीय अतिक्रमणमा रहेका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नक्सा जेठ ७ गते सरकारले जारी गरेको थियो । सरकारले नक्सामा ती भूमि राखेर अद्यावधिक गरेपछि संसदले उक्त नक्सा संसदको प्रयोगमा ल्याउने निर्णय गरेको हो ।

सोही निर्णयअनुसार सांसदहरूले लगाउने लोगो, रोस्ट्रममा भएको प्रतीक चिन्हलाई अद्यावधिक नक्साअनुसार परिमार्जन गरिएको हो ।

साथै जारी नयाँ नक्साअनुसार निशान छाप परिमार्जन गर्ने संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्