राष्ट्रपति र शिर्ष नेताबीच भेटवार्ता



काठमाडौं:  राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिर्ष नेताहरुले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीसँग सामुहिक भेटवार्ता गरेका हुन्।

राष्ट्रपति भण्डारीको निमन्त्रणामा शीतल निवासमा नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता देउवा र काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदार राष्ट्रपति कार्यालय पुगेका थिए। भेटमा उनीहरुले राष्ट्रपति भण्डारीसँग समसामयिक विषयमा छलफल गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्