रौतहटमा थप २२ जनामा कोरोना पुष्टि, गौरमा पहिलो पटक संक्रमण फेला



रौतहट : मंगलबार रौतहटमा तीनजना बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज पुष्टि भएका नयाँ संक्रमितहरु रौतहटको गौर, देवाही गोनाही र राजेदेवी नगरापालिकाका हुन् । सदरमुकाम गौरमा पहिलो पटक सातजनामा संक्रमण देखिएको हो ।

यसैगरी देवाही गोनाही नगरपालिकाका ३ र राजदेवी नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका ११ जनाको ठेगाना प्रष्ट नखुलेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

भारतबाट आएका उनीहरु सबैलाई सीधै क्वारेन्टाइनमा लिएर राखिएको थियो ।

यसअघि हिजो सोमबार मात्रै रौतहटको राजपुर र इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुमध्ये २६ जनाको कोरोना पुष्टि भएको थियो ।

योसँगै रौतहटमा संक्रमित हुनेको सँख्या ६९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्