एमसीसी खारेजीको माग गर्दै प्रदर्शन गर्ने पक्राउ



काठमाडौंं: अमेरिकाले नेपाललाई दिन लागेको सहयोगको विरोध गर्ने मोहन वैद्य नेतृत्वको माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

माइतीघर मण्डलामा प्रदर्शन गर्ने क्रममा वैद्य माओवादी निकट अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघका सदस्यहरु पक्राउ परेका हुन् । एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै प्रदर्शनकारीले नाराबाजी गरेका छन् ।

एमसीसी सम्झौताको लामो समयपछि अनुमोदन गर्ने विषयमा संसदको कार्यसूची बनेपछि यसका आलोचकहरुले विरोध गरेका छन् । यो सहयोग लिने वा नलिने विषयमा मतान्तर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्