अभिनेत्री वर्षा शिवकोटी आग्रह ‘मेसेज पठाउनु अगाडि नाम र थर हेर्ने कष्ट गर्नुहोला’



काठमाडौं : यतिबेला अभिनेत्री वर्षा राउत नयाँ नेपालको नक्सा र मातृभूमिको विषयमा बोल्दा विवादमा तानिएकी छन् । उनको १५ सेकेण्डको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ । यो भिडियो भाइरल भएपछि अभिनेत्री वर्षा राउतको जताततै आलोचना र विरोध भइरहेको छ ।

यसै क्रमा नाम एउटै भएका कारण अर्की अभिनेत्री वर्षा शिवकोटीलाई पनि समस्या परेको छ । सामाजिक सञ्जालमा मान्छे नचिनेर आमसर्वसाधारणले वर्षा शिवकोटीलाई पनि गाली गर्न थालेका छन् । यसकारण वर्षाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई पहिला नाम हेरेर म्यासेज गर्न आग्रह गरेकी छन् । उनी लेख्छिन् –‘मेसेज पठाउनु अगाडि नाम र थर हेर्ने कष्ट गर्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्