आलिताल गाउँपालिकाद्वारा सिमाबाट उद्धार गरिएका व्यक्तिबाट गाडी भाडा लिन वडालाई परिपत्र



डडेल्धुरा : डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकाले सिमाबाट उद्धार गरिएका नागकिहरु आफैले गाडी भाडा तथा क्वारेन्टाईनभित्र आवश्यक पर्ने सामान व्यवस्थापन गर्नु पर्ने भएको छ।

सिमाबाट उद्धार गरी क्वारेन्टाईनसम्मको गाडीभाडा र क्वारेन्टाईनभित्र आवश्यक पर्ने बेडविस्तरा, भाडावर्तनहरु समेत उद्धार गरिएका व्यक्तिहरुले गर्नुपर्ने भन्दै जेठ सवै वडा कार्यालयहरुलाई पत्राचार गरेको छ।

स्थानीय तहमा कोरोना नियन्त्रण नियन्त्रण सम्बन्धी एकरुपता ल्याउनका यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्