दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्ध छुः गृहमन्त्री थापा



काठमाडौं– रुकुम पश्चिममा भएको घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्धता गृहमन्त्री रामबहादुर थापाले व्यक्त गरेका छन् ।

मंगलबार प्रतिनिभिसभा बैठकमा बोल्दै गृहमन्त्री थापाले दोषीलाई कानुनको कठघरामा ल्याएर कारबाही गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले घटनामा संलग्न भएको आशंकामा १२ जनालाई नियन्त्रणमा लिएको पनि जानकारी गराए ।

उनले बेपत्ता भएकाहरुको खोजी जारी रहेको र त्यसका लागि गोताखोरसमेत खटाइसकेको बताए । उनले रायसहितको प्रतिवेदन पेस गर्ने गरी ५ सदस्यीय छानबिन समिति गठन भइसकेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्