निर्माण सामग्री र ढुवानीमा भएको मूल्यवृद्धि रोक्न महासंघको माग



काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री र ढुवानीमा भएको मूल्यवृद्धि रोक्न सरकारसँग माग गरेको छ।

आज एक विज्ञप्ति जारी गर्दै महासंघले लकडाउनको अवसरमा निमार्ण सामग्रीमा मुल्य वृद्धि गरिएको भन्दै तत्काल रोक्न आग्रह गरेको हो।

महासंघले बन्दाबन्दी अगाडिको मूल्य र हालको मूल्यमा सिमेन्ट प्रतिबोरामा ८० देखि १२० रुपैयाँ र रड प्रतिकिलो १० देखि १५ सम्म मूल्यवृद्धि भएको जनाएको छ।

त्यस्तै निर्माण सामग्री ढुवानीमा पनि बन्दाबन्दी अगाडिको मूल्यमा डेढ गुणा बढी मूल्यवृद्धि भएको महासंघले उल्लेख गरेको छ।

Image may contain: text
प्रतिक्रिया दिनुहोस्